Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

सिवाईसी नेपाल लघुवित्तको आर्थिक अवस्थाः नाफामा २६३% को उछाल, ईपीएस ह्वात्तै बढ्यो, एनपीएलमा उल्लेख्य कमी

Global IME Bank Limited
सिवाईसी नेपाल लघुवित्तको आर्थिक अवस्थाः नाफामा २६३% को उछाल, ईपीएस ह्वात्तै बढ्यो, एनपीएलमा उल्लेख्य कमी
Nabil Bank Limited

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा २६३.३७ प्रतिशतको उछाल आएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा २ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ७७ लाख ७ हजार मात्रै खुद नाफा कमाएको थियो ।  

नाफासँगे संस्थाको खुद ब्याज आम्दानीमा समेत वृद्धि भएको छ । तेस्रो त्रैमाससम्म संस्थाले २० करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.९८ प्रतिशतले धेरै हो ।  

संस्थाको खुद सञ्चालन आम्दानी पनि ४७.१६ प्रतिशतले बढेर २६ करोड ४५ लाख रुपैयाँ पुगेको छ । संस्थाले कर्मचारीका लागि १७ करोड ८ लाख र अन्य सञ्चालनका लागि ५ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ ।  

संस्थाको रिटेन्ड अर्निङ र रिजर्भको आकार भने घटेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३२ करोड ४४ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ र रिजर्भको आकार घटेर ३१ करोड १ लाख रुपैयाँमा सीमित बनेको छ ।  

तेस्रो त्रैमाससम्म संस्थाको निक्षेप संकलन र कर्जा प्रवाहमा सुधार आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ अर्ब १५ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर २ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै कर्जा प्रवाह पनि ५ अर्ब १७ करोड रुपैयाँबाट बढेर ५ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ ।  

इम्पेयरमेन्ट चार्जका लागि ५४ लाख ८७ हजार रुपैयाँ छुट्टाएको संस्थाको खराब कर्जा अनुपात उल्लेख्य घटेको छ । संस्थाको खराब कर्जा अनुपात ४.७४ प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ९.९४ प्रतिशतको उचाईमा थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) पनि ह्वात्तै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३.८५ प्रतिशतमा सीमित रहेको खराब ईपीएस बढेर १४.०२ रुपैयाँ कायम भएको छ ।  

यस्तै संस्थाको प्रतिसेयर नेटवर्थ २१६.४० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३२३.२० रुपैयाँ,मूल्य आम्दानी अनुपात १२३.०५ गुणा र तरलता अनुपात ९.२७ प्रतिशत कायम भएको छ । 


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.