दुई महिनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३२.८६ अर्बले बढ्यो, कर्जा प्रवाहको अवस्था कस्तो ?
काठमाण्डौ । चालु आवको भदौ महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.३२ अर्ब ८६ करोड अर्थात ०.५ प्रतिशतले बढेको छ । निक्षेप बढेर ७२ खर्ब ९६ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.३५ अर्ब ३ करोड (०.५ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ ।...