बैंक तथा वित्तीय संस्थाको निक्षेप ६.८५ खर्बले बढ्दा कर्जा प्रवाहको अवस्था कस्तो ?
काठमाण्डौ । चालु आवको दश महिनासम्म बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशत अर्थात ६ खर्ब ८५ अर्ब ४१ करोडले वृद्धि भई ७९ खर्ब ४९ अर्ब २८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशत (३ खर्ब ९९ अर्ब ८१ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८३ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १६.० प्रतिशतले बढेको छ ।२०८३...

