आईपीओ ल्याउने तयारीमा रहेको एभरेष्ट कलर र लक्ष्मी सनराइज क्यापिटलबीच सेयर प्रत्याभुति सम्झौता
काठमाण्डौ । आईपीओ निष्कासनको तयरीमा रहेको एभरेष्ट कलर र लक्ष्मी सनराइज क्यापिटलबीच सम्झौता भएको छ । कम्पनी र क्यापिटलबीच सेयर प्रत्याभुति सम्झौता भएको हो । दुवै कम्पनीबीच एभरेष्ट कलरले भविष्यमा निष्काशन गर्ने साधारण सेयर ७ लाख ९० हजार कित्ता सेयरको लागि जेठ २८ गते सेयर प्रत्याभुति सम्झौता भएको हो ।