‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था परिमार्जन गर्ने सरकारको तयारी
काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीसम्बन्धी ‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ। श्रममन्त्री रामजी यादवले हालको व्यवस्था पुनरावलोकन गर्दै मेनपावर कम्पनीले लिन पाउने शुल्क तथा रोजगारदाताको वर्गीकरणबारे नयाँ ढाँचामा काम भइरहेको बताएका छन्।

