शुक्रबार, श्रावण ८,२०८३ 02:21:16
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 02:21:16
Bizshala
Global IME Bank Limited

‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था परिमार्जन गर्ने सरकारको तयारी

‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था परिमार्जन गर्ने सरकारको तयारी
New Office

काठमाण्डौं । सरकारले वैदेशिक रोजगारीसम्बन्धी ‘फ्रि भिसा–फ्रि टिकट’ व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ।  

श्रममन्त्री रामजी यादवले हालको व्यवस्था पुनरावलोकन गर्दै मेनपावर कम्पनीले लिन पाउने शुल्क तथा रोजगारदाताको वर्गीकरणबारे नयाँ ढाँचामा काम भइरहेको बताएका छन्।

उनका अनुसार श्रमिकलाई न्यूनतम सुविधा दिन नसक्ने कम्पनीमा कामदार नपठाउने नीति लिइनेछ र राम्रो कम्पनीलाई प्राथमिकता दिने ‘एक्रिडिटेशन मोडल’ लागू गरिनेछ।

सरकारले युरोपमा नेपाली श्रमिक पठाउने प्रक्रियालाई पनि संस्थागत रूपमा खुला गर्ने तयारी गरेको छ। 

व्यक्तिगत रूपमा जाँदा ठगी बढेकाले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी सुरक्षित र व्यवस्थित श्रम आप्रवासनको मोडल ल्याउने तयारी भइरहेको मन्त्री यादवले बताए।

साथै, वैदेशिक रोजगारीसम्बन्धी धेरै वेबसाइट, कार्यविधि र कानूनी प्रावधानलाई एकीकृत गरेर प्रणालीलाई सरल बनाउने योजना पनि मन्त्रालयको रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.