शुक्रबार, श्रावण ८,२०८३ 04:20:14
Bizshala
  • शुक्रबार, श्रावण ८,२०८३ 04:20:14
Bizshala
Global IME Bank Limited

बाल मन्दिरको सम्पत्ति हिनामिना प्रकरणमा ८ जनाविरुद्ध ठगी मुद्दा

बाल मन्दिरको सम्पत्ति हिनामिना प्रकरणमा ८ जनाविरुद्ध ठगी मुद्दा
New Office

 

काठमाण्डौ । नेपाल बाल संगठन (बाल मन्दिर) को जग्गा, बजेट र कोषको रकम हिनामिना गरेको आरोपमा आठ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले तत्कालीन पदाधिकारी तथा कर्मचारीविरुद्ध अभियोगपत्र दर्ता गरेको हो।

मुद्दा दायर भएकामध्ये तत्कालीन योजना प्रमुख एवं काठमाडौं महानगरपालिका–११ की वडा सदस्य आशा श्रेष्ठ, काठमाडौं जिल्ला समितिका तत्कालीन सचिव राजेन्द्रकुमार श्रेष्ठ र ललितपुर जिल्ला समितिका तत्कालीन सभापति ओमकृष्ण कर्माचार्य पक्राउ परेका छन्।

तत्कालीन सभापति युरीकुमारी राई, तत्कालीन कोषाध्यक्षद्वय दीपकदास श्रेष्ठ र प्रयागराज श्रेष्ठ, तत्कालीन सभापति भगवान शाक्य तथा तत्कालीन सल्लाहकार रामकृष्ण चित्रकार फरार रहेको अभियोगपत्रमा उल्लेख छ।

प्रकरणमा मुख्य भूमिका रहेको भनिएकी तत्कालीन केन्द्रीय अध्यक्ष रिता सिंह वैद्यको मृत्यु भइसकेकाले उनलाई प्रतिवादी बनाइएको छैन।

अनुसन्धानका क्रममा नक्सालस्थित बाल मन्दिरको २९ रोपनी जग्गा सार्वजनिक सूचना र प्रतिस्पर्धाबिना भाडामा दिई ७५ लाख रुपैयाँ नगद बुझिएको भेटिएको सीआईबीले जनाएको छ।

अनाथ बालबालिकाको हितमा खर्च हुनुपर्ने कोषको रकम व्यक्तिगत उपचार, परिवारको किरिया खर्च तथा सवारीसाधन खरिदमा प्रयोग गरिएको आरोपसमेत लगाइएको छ।

राजेन्द्रकुमार श्रेष्ठले आफ्नै नाममा गाडी खरिद गरी त्यसको किस्ता बाल मन्दिरको कोषबाट तिरेको र उक्त गाडी तत्कालीन सभापति भगवान शाक्यले व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको अनुसन्धानबाट देखिएको छ।

वडा सदस्य निर्वाचित भएपछि पनि आशा श्रेष्ठले बाल मन्दिरबाट नियमविपरीत मासिक परिवहन भत्ता लिएको अभियोगपत्रमा उल्लेख छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.