तीन महिनामा रु.३५.१३ अर्ब विदेशी लगानी प्रतिबद्धता
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ अर्ब बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार उक्त अवधिमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको हो।

