पाँच महिनामा ८ खर्ब ८२ अर्ब बढीको वैदेशिक व्यापार
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा देशमा ८ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजार रुपैयाँबराबरको वैदेशिक व्यापार भएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा समग्र अन्तर्राष्ट्रिय व्यापार २० प्रतिशतले वृद्धि भएको हो।यो अवधिमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजारको आयात भएको छ भने १ खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजारको निर्यात भएको छ। गत...

