हिमालयन ८०-२० योजनाको लाभांश घोषणा, इकाईधनीले प्रक्षेपणभन्दा ६% अधिक रिटर्न पाउने
काठमाण्डौ । हिमालयन बैंक लिमिटेड कोष प्रबद्र्धक तथा हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्डअन्तर्गतको पहिलो बन्दमुखी सामूहिक लगानीकोष योजना “हिमालयन ८०–२०”ले आर्थिक वर्ष २०८१/०८२ मा १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।