चर्को घामले बिगार्न सक्छ ईभीको ब्याट्री, कसरी बच्ने ? ब्याट्री जोगाउन अपनाउनुहोस् यी उपाय
काठमाण्डौं । गर्मी बढ्दै जाँदा यसको असर मानिसमा मात्र होइन, विद्युतीय सवारीसाधन (ईभी) मा पनि पर्न थाल्छ । विशेषगरी अत्यधिक तापक्रमले ईभीको सबैभन्दा महत्वपूर्ण भाग मानिने लिथियम–आयन ब्याट्रीको कार्यक्षमता र आयुमा प्रत्यक्ष असर पार्न सक्छ ।

