सेयरबजारमा बीमा कम्पनीहरुको रु.३८.८१ अर्ब लगानी, ९३.४३% ले वृद्धि
काठमाण्डौ । सेयरबजारमा बीमा कम्पनीहरुको पौने ३९ अर्ब रुपैयाँ लगानी रहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार २८ बीमा कम्पनीले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा ३८ अर्ब ८१ करोड २२ लाख रुपैयाँ लगानी गरेका छन् । यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा ९३.४३ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुको सेयरबजारमा २० अर्ब ६ करोड ४९ लाख...