एक वर्षमा काठमाडौंमा २ हजार ५२८ विरोध प्रदर्शन, झन्डै ४० हजार प्रहरी परिचालन
काठमाण्डौ । काठमाडौंमा एक वर्षको अवधिमा २ हजार ५२८ वटा विरोध प्रदर्शन भएका छन्।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आर्थिक वर्ष २०८२/८३ मा राजधानीमा विभिन्न माग र मुद्दालाई लिएर उक्त संख्यामा विरोध प्रदर्शन भएका हुन्।ती प्रदर्शनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन ३९ हजार ८५४ प्रहरी परिचालन गरिएको परिसरका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए।

