स्ट्रेट अफ हर्मुजमा अवरोधका बीच जापानले क्यानडाबाट आयात गर्न थाल्यो कच्चा तेल
काठमाण्डौ। जापानले क्यानडाबाट सन् २०२५ यता पहिलोपटक कच्चा तेल आयात गरेको छ। ट्र्याकिङ कम्पनी केप्लरका अनुसार अमेरिकी उर्जा कम्पनी एक्सन मोबिलले चार्टर गरेको जहाजमार्फत क्यानडाको कच्चा तेल जापानतर्फ पठाइएको हो।मार्सल आइल्यान्डको झण्डा रहेको ‘फ्रिडम ग्लोरी’ नामक जहाज बुधबार क्यानडाको भ्यानकुभर बन्दरगाहबाट प्रस्थान गरेको हो। उक्त जहाजले अधिकतम ७ लाख ५० हजार ब्यारेल...

