बिहीबार, श्रावण १४,२०८३ 10:48:56
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 10:48:56
Bizshala
Global IME Bank Limited

स्ट्रेट अफ हर्मुजमा अवरोधका बीच जापानले क्यानडाबाट आयात गर्न थाल्यो कच्चा तेल

स्ट्रेट अफ हर्मुजमा अवरोधका बीच जापानले क्यानडाबाट आयात गर्न थाल्यो कच्चा तेल
New Office

काठमाण्डौ। जापानले क्यानडाबाट सन् २०२५ यता पहिलोपटक कच्चा तेल आयात गरेको छ। ट्र्याकिङ कम्पनी केप्लरका अनुसार अमेरिकी उर्जा कम्पनी एक्सन मोबिलले चार्टर गरेको जहाजमार्फत क्यानडाको कच्चा तेल जापानतर्फ पठाइएको हो।

मार्सल आइल्यान्डको झण्डा रहेको ‘फ्रिडम ग्लोरी’ नामक जहाज बुधबार क्यानडाको भ्यानकुभर बन्दरगाहबाट प्रस्थान गरेको हो। उक्त जहाजले अधिकतम ७ लाख ५० हजार ब्यारेल कच्चा तेल बोक्न सक्छ। जहाजमा ट्रान्स माउन्टेन पाइपलाइनमार्फत पठाइएको कच्चा तेल लोड गरिएको छ।

केप्लरका अनुसार टीएमएक्समार्फत पठाइएको पछिल्लो क्यानडेली तेल जापानको सबैभन्दा ठूलो तेल प्रशोधन कम्पनी इनेसले खरिद गरेको हो।

यसैबीच, उच्च तेल मूल्यका कारण जापानले चालु वर्षको आर्थिक वृद्धिदरको अनुमान घटाएको छ। टोकियोले यसअघि अनुमान गरिएको १.३ प्रतिशत आर्थिक वृद्धिदरलाई घटाएर ०.९ प्रतिशतमा सीमित गरेको छ।

इरानमा अमेरिका र इजरायलबीच युद्ध सुरु हुनुअघि जापानले आफ्नो कुल तेल आयातको ९० प्रतिशतभन्दा बढी हिस्सा स्ट्रेट अफ हर्मुज हुँदै ल्याउने गरेको थियो। तर युद्धका कारण उक्त मार्गबाट हुने आपूर्ति प्रभावित भएपछि जापानसहित एसियाली मुलुकहरूले तेल आपूर्तिको स्रोत विविधीकरण गर्न थालेका छन्।

क्यानडाको अल्बर्टाबाट ब्रिटिस कोलम्बियाको बर्नाबीस्थित समुद्री टर्मिनलसम्म कच्चा तेल ढुवानी गर्ने ट्रान्स माउन्टेन पाइपलाइनको क्षमता दैनिक ८ लाख ९० हजार ब्यारेल रहेको छ।

संघीय सरकारको स्वामित्वमा रहेको उक्त पाइपलाइन सन् २०२५ को तेस्रो त्रैमासिकदेखि करिब ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ।

यस वर्ष भ्यानकुभरबाट हुने कुल तेल निर्यातमध्ये एसियातर्फ जाने टीएमएक्स तेलको हिस्सा करिब ७७ प्रतिशत पुगेको छ। सन् २०२४ मा यो हिस्सा करिब ५१ प्रतिशत मात्र थियो।

इरान युद्धपछि भारत, मलेसिया र सिंगापुरले पनि टीएमएक्समार्फत पठाइएको क्यानडेली कच्चा तेल पुनः खरिद गर्न थालेका छन्। अमेरिकी उर्जा सूचना प्रशासनका अनुसार अमेरिकी कच्चा तेल आयातमा क्यानडाको हिस्सा करिब ६० प्रतिशत रहेको छ।

यसैबीच, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडेली उत्पादनमा नयाँ शुल्क घोषणा गरे पनि वासिङ्टनसँगको वार्तामा क्यानडाको तेललाई दबाबको माध्यमका रूपमा प्रयोग गर्ने आफ्नो उद्देश्य नरहेको बताएका छन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.