जीवन विकास लघुवित्तको लाभांश क्षमता नै ६२.४०%, नाफा र इपीएस उल्लेख्य वृद्धि
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षमा ७४ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाले कमाएको यो नाफा अघिल्लो आवको तुलनामा २५२.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले २१ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । नाफा बढेसँगै संस्थाले गत आवको लागि ९५ करोड ८५ लाख रुपैयाँ वितरणयोग्य मुनाफा छुट्याएको छ । जुन यो अघिल्लो आवको तुलनामा १०.४१ प्रतिशत बढी हो...