इमाडोलमा कजारियाको नयाँ शोरुम विस्तार
काठमाण्डौ । सिरेमिक तथा भिट्रिफाइड टायल्स क्षेत्रमा विश्वव्यापी रूपमा परिचित अग्रणी कम्पनी कजारिया रमेश टायल्स लिमिटेडले रातामकै चोक, इमाडोल, ललितपुरमा नयाँ शोरुम उद्घाटन गर्दै नेपालमा आफ्नो उपस्थिति थप विस्तार गरेको छ । छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा. लि. द्वारा सञ्चालन हुने उक्त शोरुमको वैशाख ४ गते शुक्रबार दिउँसो २ः०० बजे औपचारिक रूपमा उद्घाटन गरिएको हो...

