बाढी र पहिरोका कारण कुन–कुन राजमार्ग छन् अवरुद्ध ?
काठमाण्डौ । अविरल वर्षा र बाढीका कारण देशका विभिन्न प्रदेशमा रहेका प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। सोमबार बिहान साढे ६ बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण यातायात सञ्चालनमा समस्या देखिएको छ।कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा असार १२ गते आएको बाढीका...

