सोमबार, असार २९,२०८३ 10:49:19
Bizshala
  • सोमबार, असार २९,२०८३ 10:49:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बाढी र पहिरोका कारण कुन–कुन राजमार्ग छन् अवरुद्ध ?

Laxmi Sunrise Bank Limited
बाढी र पहिरोका कारण कुन–कुन राजमार्ग छन् अवरुद्ध ?

काठमाण्डौ । अविरल वर्षा र बाढीका कारण देशका विभिन्न प्रदेशमा रहेका प्रमुख राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन्। सोमबार बिहान साढे ६ बजेसम्मको विवरणअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा पहिरो तथा बाढीका कारण यातायात सञ्चालनमा समस्या देखिएको छ।

कोशी प्रदेशअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्गमा असार १२ गते आएको बाढीका कारण सडक प्रभावित भएको थियो। हाल उक्त सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ भने वैकल्पिक मार्गसमेत प्रयोगमा ल्याइएको छ। यस्तै, इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग असार २३ गतेदेखि परेको निरन्तर वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा पनि वैकल्पिक बाटोमार्फत यातायात सञ्चालन भइरहेको छ।

New Office
CG Motors
Garima Development Bank

बागमती प्रदेशमा पनि बाढी र पहिरोका कारण विभिन्न सडक प्रभावित भएका छन्। सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेंसी सडक खण्डअन्तर्गत वी।पी। राजमार्गमा असार २२ गतेदेखि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडास्थित कान्तिलोकपथ ९ललितपुर–हेटौँडा० असार २७ गतेदेखि पहिरोका कारण अवरुद्ध छ। त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि असार २९ गतेदेखि पहिरोका कारण पूर्ण रूपमा बन्द रहेको छ।

गण्डकी प्रदेशमा कास्कीको मादी गाउँपालिका–२ ज्याम्दोस्थित पोखरा–ताङतिङ सडक खण्ड असार २७ गते खसेको पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा समेत पहिरोले सडक यातायात प्रभावित बनाएको छ। रोल्पाको परिवर्तन गाउँपालिका–१ खोलाबाङस्थित घोराही–रुकुम शहीद मार्ग र अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझन्डी–ढोरपाटन सडक खण्ड असार २८ गतेदेखि पूर्ण रूपमा बन्द छन्।

यसैगरी, गुल्मीको छत्रकोट गाउँपालिका–३ काउलेस्थित मदन भण्डारी राजमार्ग असार २९ गतेदेखि अवरुद्ध रहेको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्सस्थित सिद्धार्थ राजमार्गमा असार २८ गते पहिरो गए पनि हाल एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ।

सम्बन्धित निकायहरूले अवरुद्ध सडक खुलाउन प्रयास जारी राखेका छन्। वर्षा निरन्तर भइरहेकाले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.