काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) र नायब सीईओको राजीनामा स्वीकृत भएको छ । संस्थाका सीईओ सुनिल कुमार राय र नायब सीईओ सूर्यप्रसाल उपाध्यायको राजीनामा संस्थाको असार २१७ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्ने निर्णय गरेको हो ।
दुवैजनाले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए ।
सीईओ रायको राजीनामा साउन १ गतेदेखि लागू हुनेगरी र नायब सीईओ उपाध्यायको राजीनामा भने असार ३० गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको संस्थाले जनाएको छ ।
यस्तै बैठकले संस्थाका विभागीय प्रमुख इन्द्र बरालीलाई निमित्त सीईओ र कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको छ ।

