सोमबार, असार २९,२०८३ 12:26:16
Bizshala
  • सोमबार, असार २९,२०८३ 12:26:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी–खाणसहितका दोषीको सजाय आज निर्धारण हुँदै

Laxmi Sunrise Bank Limited
नक्कली भुटानी शरणार्थी प्रकरणः रायमाझी–खाणसहितका दोषीको सजाय आज निर्धारण हुँदै

काठमाण्डौ ।  बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहितका प्रतिवादीको सजाय निर्धारणका लागि आज काठमाडौं जिल्ला अदालतमा पेसी तोकिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले प्रतिवादीहरूलाई विभिन्न कसुरमा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि असार २९ गते छुट्टै सुनुवाइ गर्ने आदेश दिएको थियो। अदालतले कैद सजाय, जरिवाना तथा पीडितलाई भराउनुपर्ने क्षतिपूर्तिको विषयमा आज निर्णय गर्नेछ।

New Office
CG Motors
Garima Development Bank

नेपालको फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ अनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा कसुर ठहर भएपछि सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। यस्तो सुनुवाइ कसुर ठहर भएको ३० दिनभित्र सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान छ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहसचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई मुख्य कसुरदार ठहरिएका छन्। पूर्वगृहमन्त्री खाण र शरणार्थी नेता टेकनाथ रिजालसहितका केही प्रतिवादीलाई भने मतियारका रूपमा दोषी ठहर गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अदालतले जिल्ला सरकारी वकिल कार्यालय तथा प्रतिवादीका कानुन व्यवसायीलाई पेसीको जानकारी गराउँदै सजायपूर्वको प्रतिवेदन र अन्य आवश्यक प्रक्रिया पूरा गर्न आदेश दिएको थियो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभन देखाउँदै रकम असुलिएको यस प्रकरणमा ठगी, सरकारी लिखत किर्ते, संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी अभियोग लगाइएको थियो।

न्यायाधीश खड्काको इजलासले गत असार २३ गते कसुर ठहरसम्बन्धी फैसला सुनाएको थियो। त्यसको छ दिनपछि दोषीहरूको सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ हुन लागेको हो।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.