लिखु–४ जलविद्युत् आयोजनाको खर्चको पारदर्शितामाथि उठ्यो प्रश्न, छानबिनको माग
काठमाण्डौ । खिजीदेम्बा गाउँपालिकामा सञ्चालित लिखु–४ जलविद्युत् आयोजनाले सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका नाममा गरेको करिब २ करोड ५१ लाख रुपैयाँभन्दा बढी खर्च सार्वजनिक भएपछि त्यसको प्रभावकारिता र पारदर्शितामाथि गम्भीर प्रश्न उठेको छ।ग्रिन भेन्चर्स लिमिटेडद्वारा निर्माण गरिएको आयोजनाले गाउँपालिकाको आग्रहपछि २०८३ जेठ ७ गते विस्तृत खर्च...

