महालक्ष्मी विकास बैंकको खुद ब्याज आम्दानी र नाफा सामान्य बढ्यो, वितरणयोग्य मुनाफा ६३.०३% ले घट्यो
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३० करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले २८ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।यस्तै बैंकको खुद ब्याज आम्दानी पनि सामान्य बढेको छ । अघिल्लो आवमा १ अर्ब १ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी...

