काठमाण्डौ । महालक्ष्मी विकास बैंक ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टीमा उत्कृष्ट’ (Excellence in Banking Innovation and Customer Delight) विधा अन्तर्गत अन्तराष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ।
डिसेम्बर ०७, २०२५ मा भारतको नयाँ दिल्लीमा आयोजित एक कार्यक्रमका बीच India Business Awards 2025 कार्यक्रम मार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तराष्ट्रिय अवार्ड प्रदान गरेको हो ।
महालक्ष्मी विकास बैंकको तर्फबाट बैंकका वरिष्ठ अधिकृतहरुले उक्त सम्मान ग्रहण गरेका थिए । बैंकले ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैंकिङ सेवामा नवप्रवर्तनका कार्यहरु गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिया उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्य बापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।
दुई देशबीच सीमा–पार वित्तीय सेवाहरुलाई प्रवद्र्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानी सम्बन्धी कार्यहरु गर्दै आएको महालक्ष्मी विकास बैंकलाई यस अवार्डको प्राप्तसँगै थप सहज हुने तथा नेपाल र भारतबीचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमा–पार व्यापार र रेमिटेन्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । नेपाल र भारत बीच सीमा पार भुक्तानीमा आवद्ध भएसँगै यस अवार्डको प्राप्ती बैंकको लागि थप महत्वपुर्ण सावित हुने विश्वास समेत बैंकले लिएको छ ।
हालै मात्र बैंक इन्डियन चेम्बर अफ कमर्स , भारतको प्रतिष्ठित अवार्डबाट समेत सम्मानित भएको थियो, जसले अन्तराष्ट्रियस्तरमा बैंकको उपस्थिती दर्शाउन तथा ख्याती अभिवृद्धि गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको बैंकले जनाएको छ ।

