माण्डु हाइड्रोपावरद्वारा सञ्चालित आयोजनाको उत्पादन क्षमता वृद्धि
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडद्वारा प्रर्वद्धन तथा सञ्चालित आयोजनाको उत्पादन क्षमता वृद्धि गरिएको छ । कम्पनीद्वारा प्रर्वद्धन तथा सञ्चालित बागमति साना जलविद्युत आयोजना २२ मेवा मा थप १० मे वा क्षमता वृद्धि गरि ३२ मेवाको विद्युत उत्पादन अनुमतिपत्र तथा विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको कम्पनीले जनाएको छ ।