काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडद्वारा सञ्चालित बागमती साना जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुचारु भएको छ । योजनाको पुनः निर्माण कार्य सम्पन्न गरी कम्पनीको २ वटा युनिटमध्ये साउन १९ मा एउटा युनिट र अर्को युनिटबाट भदौ १२ देखि विद्युत उत्पादन सुचारु भएको हो ।
यससँगै आयोजनाबाट उत्पादित विद्युत पूर्ण रुपमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईनमा जडान भएको कम्पनीले जनाएको छ ।
उक्त आयोजना २०८१ असोज ११ गतेदेखि परेको अविरल वर्षाको कारण बागमती खोलामा आएको भिषण बाढी तथा पहिरोले क्षतिग्रस्त भई विद्युत उत्पादन बन्द भएको थियो । बागमती साना जलविद्युत आयोजना २२ मेवा क्षमताको हो ।