मितेरी डेभलपमेन्ट बैंकको नाफा बढ्यो: ब्याज आम्दानीमा उछाल, खराब कर्जामा उल्लेख्य सुधार
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म मितेरी डेभलपमेन्ट बैंकको वित्तीय अवस्था सन्तोषजनक देखिएको छ । आर्थिक वर्षको ९ महिनासम्मको अवस्था बाँकी ३ महिना पनि निरन्तर रह्यो भने मितेरी बैंकले लगानीकर्तालाई यो वर्ष पनि डबल डिजीट हाराहारीकै लाभांश दिनसक्ने क्षमता बनाएको देखिन्छ ।

