वित्त खर्च घटेसँगै मोलुङ हाईड्रोपावरको नाफा १०९% ले बढ्यो
काठमाण्डौ । वित्त खर्च घटेसँगै मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको नाफामा सुधार आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड ७३ लाख रुपैयाा खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १०९.९३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।