काठमाण्डौ । मोलुङ हाईड्रोपावर लिमिटेडको लक इन आवधि फागुन महिनामा समाप्त हुने भएको छ । कम्पनीको संस्थापक समूहको सेयर, कर्मचारीका लागि सुरक्षित सेयर र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई सुरक्षित कुल ५३ लाख ५१ हजार ७० सय कित्ता सेयरको लक इन अवधि फागुन १८ गते समाप्त हुन लागेको हो ।
कुल सेयर संख्यामा संस्थापक समूहको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीका लागि सुरक्षित ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई सुरक्षित ८ लाख २ हजार ५ सय कित्ता सेयर रहेको छ ।
कम्पनीले सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने जनाएको छ ।

