AUTO

नयाँ सवारी दर्ता रोकिएपछि अटो क्षेत्रमा हलचल, नाडाको आकस्मिक बैठक

काठमाण्डौं  । सरकारले नयाँ सवारी साधनको दर्ता प्रक्रिया अर्को सूचना नआएसम्मका लागि स्थगित गर्ने निर्णय गरेपछि अटोमोबाइल क्षेत्रका व्यवसायीहरूमा व्यापक हलचल देखिएको छ।  सरकारको यो कदमसँगै निजी क्षेत्रको प्रमुख संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल ९नाडा० ले आकस्मिक बैठक आह्वान गरेको छ।