नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने
काठमाण्डौ । नेपालमा हरेक वर्ष करिब १० हजार आईटी जनशक्ति ग्राजुएट हुन्छन् । तर विश्वविद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीमा उद्योगले अपेक्षा गरेको व्यावहारिक सीप र क्षमता अभाव हुने गरेको छ।एकेडेमिया र इन्डस्ट्रीबीचको यही दूरीले आईटी क्षेत्रमा स्किल ग्यापको समस्या बढाउँदै आएको छ। डिग्री हातमा भए पनि हाल नेपालमा धेरै युवाले उद्योगमा प्रवेश गर्दा पुनः तालिम...

