मंगलवार, जेष्ठ ५,२०८३ 02:44:00
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 02:44:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने

Laxmi Sunrise Bank Limited
नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने
Shivam Cement

काठमाण्डौ । नेपालमा हरेक वर्ष करिब १० हजार आईटी जनशक्ति ग्राजुएट हुन्छन् । तर विश्वविद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीमा उद्योगले अपेक्षा गरेको व्यावहारिक सीप र क्षमता अभाव हुने गरेको छ।

एकेडेमिया र इन्डस्ट्रीबीचको यही दूरीले आईटी क्षेत्रमा स्किल ग्यापको समस्या बढाउँदै आएको छ। डिग्री हातमा भए पनि हाल नेपालमा धेरै युवाले उद्योगमा प्रवेश गर्दा पुनः तालिम लिनुपर्ने अवस्था छ।

यही समस्यालाई समाधान गर्ने उद्देश्यसहित नेपालका आईटी तथा सफ्टवेयर कम्पनीहरूको एपेक्स बडी नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज् (नास–आईटी) ले इन्डस्ट्रीको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नयाँ ब्याचलर्स तहको आईटी पाठ्यक्रम डिजाइन गर्न थालेको छ।

Bizshala
New Office
CG Motors

यो पहल स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन र स्वीसकन्ट्याक्टको वित्तीय तथा प्राविधिक सहयोगमा अघि बढाइएको हो। इन्डस्ट्रीकै नेतृत्वमा उच्च शिक्षाको पाठ्यक्रम विकास हुन लागेको यो सम्भवतः नेपालको पहिलो प्रयास हुन सक्ने नास(आईटीका अध्यक्ष गौरव पाण्डे बताउँछन्।

‘तर इन्डस्ट्रीले खोजेअनुसारको सीप उनीहरूमा हुँदैन’ पाण्डेले भने, ’त्यसैले अब बजारको मागअनुसारको पाठ्यक्रम निर्माण गर्दैछौं। सम्भवतः इन्डस्ट्रीले नेतृत्व लिएर पाठ्यक्रम डिजाइन हुन लागेको यो पहिलो पटक हो ।’

अहिले विश्वभर आर्टिफिसियल इन्टेलिजेन्सले आईटी इन्डस्ट्रीलाई आमूल रूपमा रूपान्तरण गरिरहेको छ। यस्तो अवस्थामा यो कोर्ष परम्परागत कोडिङ मात्र नभएर समस्या समाधान क्षमता, डेटा बुझाइ, क्रिटिकल थिंकिङ र एआईसँग काम गर्न सक्ने क्षमता भविष्यका लागि तयार पार्ने गरि डिजाइन हुने नास(आईटीको भनाइ छ।

यस कोर्षले इन्डस्ट्री र एकेडेमियाका बीचको ग्यापलाई कम गर्दै दक्ष जनशक्ति विकासमा सहयोग गर्ने स्वीसकन्ट्याक्टको विश्वास रहेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

एआईले ल्याएको द्रुत परिवर्तनको दौरमा इन्डस्ट्रीलाई अनुकूलन हुन सक्ने र भविष्यमुखी सोच राख्ने जनशक्ति चाहिएको छ। त्यसैलाई पूरा गर्न नास(आईटीले यसको नेतृत्व लिएको हो।

नास(आईटीले पाठ्यक्रम विकासको काम सुरु गरिसकेको छ। नेशनल क्वालिफिकेशन फ्रेमवर्कअनुसार तयार हुने यस पाठ्यक्रम विकासमा आईटी विज्ञ, शिक्षाविद् तथा अन्य सरोकारवालाहरू सक्रिय रूपमा संलग्न छन्। नास(आईटीका अनुसार कोर्षलाई भविष्यको प्रविधि र रोजगार बजारलाई लक्षित गर्दै भविष्यमुखी बनाइँदैछ।

यस पाठ्यक्रमको संयुक्त निर्माण र सञ्चालनका लागि नेपाल खुला विश्वविद्यालयसँग सहकार्य गरिएको छ। निकट भविष्यमा सञ्चालन हुने यस चार वर्षे आईटी कोर्षको प्रमुख विशेषता वर्क(इन्टिग्रेटेड लर्निङ हुनेछ।

कोर्षमा आर्टिफिसियल इन्टेलिजेन्स, डेटा साइन्स, ब्लकचेन, क्लाउड कम्प्युटिङ, साइबर सुरक्षा लगायत उदीयमान प्रविधिहरू समावेश हुने नेपाल खुला विश्वविद्यालयको स्कुल अफ आईटी प्रमुख डा। भोज राज घिमिरेले जानकारी दिए।

यस कोर्षमा विद्यार्थीहरूले अध्ययन सुरु गरेकै दिनदेखि आईटी इन्डस्ट्रीमा प्रत्यक्ष काम गर्दै सिक्ने अवसर पाउनेछन्। डिग्री पूरा गर्दा उनीहरूसँग प्रमाणपत्रका साथै इन्डस्ट्रीले खोजेको व्यावहारिक सीप र अनुभव पनि हुनेछ।

नास(आईटीका अनुसार यस पहलले इन्डस्ट्री र विश्वविद्यालयबीचको दूरी घटाउँदै नेपालमै विश्वस्तरको आईटी जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.