Capital Market

म्युचुअल फण्डहरुको नाफा ५.३६% ले घट्यो, न्याभ र लगानीमा देखिएन सुधार

काठमाण्डौ । म्युचुअल फण्डहरुले ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । सञ्चालनमा रहेका ४२ म्युचुअल फण्डले चालु आवको १० महिनासम्म ३ अर्ब २९ करोड २० लाख रुपैयाँ मुनाफा कमाएका छन् ।  यो नाफा अघिल्लो महिनाको तुलनामा २.१० प्रतिशत कम हो । चैत मसान्तसम्म म्युचुअल फण्डहरुले ३ अर्ब ३६ करोड २६ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सो अवधिसम्म आइपुग्दा ३७ म्युचुअल फण्ड नाफामा देखिएका छन्...