बुधबार, कार्तिक २६,२०८२ 01:27:01
IME remit
  • बुधबार, कार्तिक २६,२०८२ 01:27:01
IME remit
Global IME Bank Limited

म्युचुअल फण्डहरुको नाफा ५.३६% ले घट्यो, न्याभ र लगानीमा देखिएन सुधार

Hyundai Nepal
म्युचुअल फण्डहरुको नाफा ५.३६% ले घट्यो, न्याभ र लगानीमा देखिएन सुधार
Shivam Cement

काठमाण्डौ । म्युचुअल फण्डहरुले ३ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छन् । सञ्चालनमा रहेका ४२ म्युचुअल फण्डले चालु आवको १० महिनासम्म ३ अर्ब २९ करोड २० लाख रुपैयाँ मुनाफा कमाएका छन् ।  

यो नाफा अघिल्लो महिनाको तुलनामा २.१० प्रतिशत कम हो । चैत मसान्तसम्म म्युचुअल फण्डहरुले ३ अर्ब ३६ करोड २६ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म आइपुग्दा ३७ म्युचुअल फण्ड नाफामा देखिएका छन् भने ५ फण्डले घाटा ब्यहोरेका छन् । तर नाफामा रहेका ३७ फण्डमध्ये पनि १४ वटा फण्डको मात्रै नाफा गत महिनाको तुलनामा बढेको छ भने बाँकी सबैको घटेको छ ।  

म्युचुअल फण्डहरुको अर्बौ रकम सेयरबजारमा लगानी रहेको हुन्छ । बजारमा थोरै अंकको मात्रै उतारचढाव आउँदा पनि फण्डहरुको वित्तीय अवस्था नै फेरबदल हुने अवस्था आउँदछ । फण्डहरुको बजारमा ठूलो लगानी हुने भएकाले बजार बढ्दा फण्डहरुको नाफा, न्याभ र लगानीको अवस्थामा सुधार देखिन्छ, भने बजार घट्दा यी सूचकहरु प्रभावित देखिन्छन् ।  

चैत महिनाको अन्तिम कारोबार दिन २६६१ को विन्दुमा रहेको नेप्से परिसूचक वैशाख महिनाको अन्तिम कारोबार दिनसम्म १.५६ प्रतिशतले घटेर २६२० विन्दुमा कायम भएको छ । बजार सामान्य घट्दा पनि आधा भन्दा बढी म्युचुअल फण्डहरुको नाफामा गिरावट आएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउने फण्डमा प्रभु सेलेक्ट फण्ड रहेको छ । उक्त फण्डले २३ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । फण्डको नाफा अघिल्लो महिनाको तुलनामा ५.१९ प्रतिशत बढी हो ।  

त्यस्तै, सिद्धार्थ इक्विटी फण्डले पनि २१ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा पनि अघिल्लो महिनाको तुलनामा १०।५० प्रतिशत बढी हो ।  

त्यस्तै, सबैभन्दा बढी नाफा बृद्धि गर्नेमा भने एनआइसी एशिया ग्रोथ फण्ड–२ रहेको छ । फण्डको नाफा चैत महिनाको तुलनामा २२.०८ प्रतिशत बृद्धि भएको छ ।  

वैशाख महिनासम्ममा ४ वटा म्युचुअल फण्ड भने घाटामा रहेका छन् । रिलायबल समृद्धि योजनाले ४३ लाख ७९ हजार, एनआइबीएल समृद्धि फण्ड–२ ले २१ करोड ४२ लाख, मेगा गरिमा समृद्धि योजनाले ४३ लाख ७९ हजार रुपैयाँ घाटा ब्यहोरेका छन् ।  

न्याभ कुनको कति  ?

चालु आवको वैशाख महिनासम्म सबैभन्दा बढी प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) हिमालयन ८०–२० को रहेको छ । उक्त फण्डको न्याभ १२.६६ रुपैयाँ छ ।  

न्याभ भनेको म्युचुअल फण्डहरुको प्रतिइकाई वास्तविक मूल्य हो, जसलाई खुद सम्पत्ति मूल्य पनि भनिन्छ । यसैका आधारमा म्युचुअल फण्डका इकाई खरिद बिक्री हुने गर्दछ ।  

बजारमा प्रत्येक कारोबारमा परिवर्तन हुनसक्ने सेयरमूल्यहरु विपरीत म्युचअल फण्डको न्याभ दैनिक आधारमा गणना गरिन्छ । वैशाख मसान्तसम्म हिमालयन ८०–२०, प्रभु स्मार्ट र सेलेक्ट फण्ड, एनएमबी सुलभ इन्भेष्टेमन्ट फण्ड–२ र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को न्याभ १२ रुपैयाँ भन्दा बढी छ ।  

त्यस्तै, सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम–३ सँगै १९ वटा म्युचुअल फण्डको न्याभ ११ रुपैयाँभन्दा बढी र सिटिजन्स सुपर ३० म्युचुअल फण्डसँगै १५ वटा फण्डको न्याभ १० रुपैयाँमाथि र तीनवटा फण्डको न्याभ भने ९ रुपैयाँभन्दा माथि रहेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सेयरबजारमा रु.४२.६१ अर्बको लगानी  

म्युचुअल फण्डहरुको सेयरबजारमा ४२ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको लगानी रहेको छ । वैशाख महिनासम्म ४२ फण्डको सेयरबजारमा गरेको लगानीको भ्यालु ४२ अर्ब भन्दा बढी पुगेको छ ।  

चैत महिनासम्म यस्तो लगानी भ्यालु ४२ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । यसर्थमा म्युचुअल फण्डहरुको सेयरबजारमा गरेको लगानी भ्यालु ०.४८ प्रतिशतले मात्रै बृद्धि भएको छ ।  

सो अवधिसम्म १९ वटा फण्डको यस्तो लगानी भ्यालु बढेको छ भने २२ वटा फण्डको घटेको छ ।  

वैशाखसम्म सबैभन्दा बढी सेयरबजारमा लगानी एनआइबीएल सहभागिता फण्डको रहेको छ । उक्त फण्डको बजारमा गरेको लगानी भ्यालु ४ अर्ब ६२ करोड ३२ लाख रुपैयाँ रहेको छ । उक्त फण्डको यस्तो लगानी भ्यालु ०.९५ प्रतिशतले बढेको छ ।  

त्यस्तै, एनएमबी सरल बचत फण्ड–इ को २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । फण्डको लगानी भ्यालु भने ०.०१ प्रतिशतले घटेको छ । चैत महिनाको  तुलनामा सबैभन्दा बढी लगानी बढाउने अर्थात् लगानी भ्यालु बढाउने फण्डमा भने गरिमा समृद्धि योजना रहेको छ । उक्त फण्डको लगानी भ्यालु ३२.६७ प्रतिशतले बृद्धि भएको छ ।

 

 

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.