५५% ले बढ्यो ङादी ग्रुप पावरको नाफा, रिटेन्ड अर्निङ १४.४२ करोड
काठमाण्डौ । ङादी ग्रुप पावर कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ३ करोड ६१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५५.६६ प्रतिशतले बढी हो ।कम्पनीले गत आवका सोही अवधिसम्म २ करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो । विद्युत बिक्री आम्दानी बढ्नु र वित्त खर्च घट्नु कम्पनीको नाफा बढ्ने प्रमुख कारकका रुपमा रहेका छन् ।...

