मंगलवार, असार १६,२०८३ 02:08:32
Bizshala
  • मंगलवार, असार १६,२०८३ 02:08:32
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने समयावधि थप

Laxmi Sunrise Bank Limited
ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको समयावधि लम्बाएको छ। यो हकप्रदमा माघ १४ गतेसम्म आवेदन दिने समय दिइएको थियो ।  तर माग बमोजिम आवेदन नपरेकाले कम्पनीले अब हकप्रद खरिदका लागि आवेदन दिने समय माघ २९ गतेसम्म थप गरेको छ ।  

कम्पनीले गत पुस २३ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार रुपैयाँबराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद निष्कासन गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

लगानीकर्ताले सिद्धार्थ क्यापिटल,सिद्धार्थ बैंकका विराटनगर,विरगञ्ज,नारायणगढ,पोखरा,बुटवल,नेपालगञ्ज,धनगढी र सुर्खेत शाखा कार्यालयहरु र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।  

हकप्रदबाट प्राप्त रकम माथिल्लो सेति जलविद्युत आयोजना(२१६ मेगावाट) को निर्माण तथा ङादी ग्रुपद्वारा प्रवद्र्धित आयोजनाको मर्मत सम्भारका लागि उपयोग गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीले हकप्रद सेयरका निष्कासनका लागि गत मंसिर १८ गते बुक क्लोज गरेको थियो । यसर्थ मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै यो हकप्रद खरिदका लागि योग्य हुनेछन् ।  

हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.