बिहीबार, बैशाख ३१,२०८३ 11:04:20
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:04:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ङादी ग्रुप पावरको नाफामा ४२.९४% को गिरावट, ईपीएस कति ?

Laxmi Sunrise Bank Limited
ङादी ग्रुप पावरको नाफामा ४२.९४% को गिरावट, ईपीएस कति ?
Shivam Cement

काठमाण्डौ ।  ङादी ग्रुप पावर लिमिटेडको खुद नाफामा ४२.९४ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनीले ४ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो ।    

कम्पनीको खुद विद्युत बिक्री आम्दानी सामान्य बढेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ९४ लाख रुपैयाँबराबरको खुद विद्युत बिक्री आम्दानी गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा ४.४१ प्रतिशतले धेरै हो । समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्री÷वितरण खर्च ८७ लाख ५२ हजार, रोयल्टी खर्च २० लाख ३ हजार,प्रशोसनिक खर्च १ करोड २८ लाख र वित्त खर्च २ करोड ३० लाख रुपैयाँ रहेको छ ।   कम्पनीले यो अवधिसम्म १० लाख ४५ हजार रुपैयाँबराबरको गैर सञ्चालन आम्दानी गरेको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको रिटेन्ड अर्निङमा ९ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति २४ करोड ८५ लाख र कुल चालु दायित्व ६ करोड ९४ लाख रुपैयाँ छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) २.०५ रुपैयाँ  ,प्रतिसेयर नेटवर्थ १६५.१५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१०.२९ रुपैयाँ मूल्य आम्दानी अनुपात १५३.९५ गुणा र तरलता अनुपात ३.५८ प्रतिशत कायम भएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.