पोलिसी सरेण्डरदर घटाउन बीमा कम्पनीहरको कसरत, समर्पण रकम २३.७७% ले घट्दा रु.३७.८० अर्बको बीमालेख व्यतित
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा मुख्य समस्याको रुपमा रहेको पोलिसी सरेण्डरदर घट्दै गएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमकहरको पोलिसी सरेण्डरदर २३.७७ प्रतिशतले घटेको छ ।प्राधिकरणका अनुसार गत आवको दोस्रो त्रैमाससम्म ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर भएकोमा चालु आवको सोही अवधिसम्म ५ अर्ब ६९ करोड २१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएका छन्...

