घोराही सिमेन्टको आईपीओ स्क्यामको अनुसन्धान ३२ महिनापछि टुङ्ग्याउँदै अख्तियार, उच्चअधिकारी तानिने भएपछि सेबोनमा खैलाबैला
काठमाण्डौ । झण्डै ३२ महिना लामो अनुसन्धानपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ले घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको विवादास्पद आईपीओ प्रकरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ । अनुसन्धान सकिएसँगै धितोपत्र बोर्ड (सेबोन) का उच्च तहका अधिकारीहरू तानिने संकेत देखिएपछि बोर्डभित्र खैलाबैला मच्चिएको छ ।

