चालु आर्थिक वर्षको पाँच महिनामा राजस्व संकलन र खर्च दुवै कमजोर
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो पाँच महिना (साउन–मंसिर) मा सरकारको राजस्व संकलन र बजेट खर्च दुवै अपेक्षाअनुसार हुन सकेको छैन। अर्थ मन्त्रालयका अनुसार उक्त अवधिमा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन वार्षिक लक्ष्यको २७.४५ प्रतिशत मात्र हो।सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। तर मंसिरसम्म...

