शनिबार, फाल्गुन १६,२०८२ 09:47:42
Bizshala
  • शनिबार, फाल्गुन १६,२०८२ 09:47:42
Bizshala
Global IME Bank Limited

कात्तिकसम्म ३.२९ खर्ब राजश्व संकलन, असोजको तुलनामा कम

कात्तिकसम्म ३.२९ खर्ब राजश्व संकलन, असोजको तुलनामा कम
Shivam Cement

काठमाण्डौ । सरकारले कात्तिक मसान्तसम्म कुल ३ खर्ब २९ अर्ब ५१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । यो रकम लक्ष्यको ७७.४९ प्रतिशत हो ।  

कात्तिक महिनामा सरकारले १ खर्ब ३ अर्ब ७० करोड रुपैयाँबराबरकोा राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो ।  

जसमध्ये उक्त महिनामा ७८ अर्ब ३३ करोड मात्रै राजश्व संकलन भएको छ । जुन मासिक लक्ष्यको ७५.४९ प्रतिशत हो । कात्तिक ३० गते भने ३ अर्ब ६० करोड रुपैयाँबराबरको राजश्व संकलन भएको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

असोज महिनामा सरकारले ९२ अर्ब ४६ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो । उक्त महिनामा सरकारले १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । असोजमा लक्ष्य प्राप्तिको दर ८९.७१ प्रतिशत थियो।

गत आर्थिक वर्ष २०८१/८२ कात्तिमसम्म ४ खर्ब ६ अर्ब ३७ करोड राजश्व संकलन गर्ने लक्ष्य लिइएकोमा सरकारले ३ खर्ब २९ अर्ब २९ अर्ब २ करोड रुपैयाँ राजश्व उठाएको थियो । उक्त आवको कात्तिक महिनामा मात्रै भने ७६ अर्ब राजश्व उठेको थियो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब राजश्व संकलनको लक्ष्य लिएको छ । गत आवमा भने सरकारले १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँबराबरको राजश्व उठाउने लक्ष्य लिएको थियो ।  

कात्तिक महिनासम्म सरकारले संकलन गरेको कुल राजस्वमध्ये भन्सार महसुल ७४ अर्ब ५९ करोड, आयकर ९३ अर्ब २३ करोड, मूल्य अभिवृद्धि कर १ खर्ब २५ अर्ब २८ करोड, अन्तशुल्क ६२ अर्ब १ करोड, गैरकर आम्दानी १९ अर्ब ६५ करोड, शिक्षा सेवा शुल्क र अन्य राजस्वतर्फ १ अर्ब ६१ करोड र विविध प्राप्ति २ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.