संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ९ः४५ बजे, प्रस्तावित प्रधानन्यायाधीश डा. शर्मामाथिका उजुरीमाथि छलफल हुने
काठमाण्डौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक मंगलबारका लागि बोलाइएको छ । समिति सचिवालयका अनुसार बैठक बिहान ९ः४५ बजे बस्नेछ र त्यसमा शर्माविरुद्ध दर्ता भएका उजुरीहरू खोल्ने तथा सुनुवाइ प्रक्रियाको प्रारम्भिक तयारी गर्ने कार्यसूची तय...

