सारथी इकुटरले इलेक्ट्रिक स्कुटर खरिद गर्दा २५ हजार नगद छुट दिने
काठमाण्डौ । नाइमा अटो शोको अवसरमा विभिन्न सवारी साधनका कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने क्रम तीव्र बनेको छ ।यसै क्रममा नेपालमा चर्चित इलेक्ट्रिक स्कुटर ब्राण्ड सारथीइकुटरले पनि निक्कै आकर्षक अफर ल्याएको छ ।नाइमा अटो शोको शुरुको दिन अर्थात साउन २१ गतेदेखि साउनको २५ गतेसम्म लागु हुने गरी सोे अफर सञ्चालन हुने कम्पनीले जनाएको छ ।