सांग्रिला डेभलपमेन्ट बैंकद्वारा फरक क्षमता भएका व्यक्तिलाई वित्तीय साक्षरता कार्यक्रम
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रममा प्रशिक्षक विनोद नरसिंह श्रेष्ठले आम्दानी, बचत, वित्तीय सुरक्षा, बैंकसँगको कारोबार, डिजिटल साक्षरता,...

