Capital Market

सेबोन काममा जुट्योः सोलु हाइड्रोलाई रु. २ अर्बको आईपीओ निश्कासन स्वीकृति, पूँजीको २०% भन्दा कम ल्याउनेले नपाउने

काठमाण्डौ । कर्मचारीको निकै लामो आन्दोलनका कारण रोकिएको आईपीओ निश्कासन प्रक्रिया पुनः अगाडि बढेको छ ।  नेपाल धितोपत्र बोर्डले आईपीओ निश्कासनका लागि अन्तिम स्वीकृतिको पर्खाईमा रहेकामध्ये कर्मचारीको आन्दोलनअघि नै लगभग टुंगो लागिसकेको सोलु हाइड्रोपावर लिमीटेडलाई २ अर्ब रुपैयाँ बराबरको आईपीओ निश्कासनको स्वीकृति दिएको हो ।