१६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने तयारीमा स्पेन
काठमाण्डौ । स्पेनले १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने योजना सार्वजनिक गरेको छ। प्रधानमन्त्री पेद्रो सान्चेजले दुबईमा आयोजित विश्व सरकार शिखर सम्मेलनमा बोल्दै सामाजिक सञ्जाललाई ‘डिजिटल वाइल्ड वेस्ट’ को संज्ञा दिँदै बालबालिकालाई त्यसबाट जोगाउन आवश्यक भएको बताए।सरकारले प्रस्ताव गरेको यो व्यवस्था अझै संसद्को स्वीकृतिको चरणमा छ।...

