स्टेलान्टिसले विश्वभरबाट ३ लाख ७५ हजार युनिट जीप एसयुभी फिर्ता मगाउने
काठमाण्डौ । अटो निर्माता कम्पनी स्टेलान्टिसले विश्वभरबाट ३ लाख ७५ हजार युनिट प्लग इन हाईब्रिड जी र्याङ्लर र ग्राण्ड चोरोकी एसयुभी फिर्ता मगाउने घोषणा गरेको छ । ब्याट्री फेलियरका कारण १९ वटा आगलागीका घटना सार्वजनिक भएसँगै कम्पनीले बजारबाट गाडी फिर्ता मगाउन लागिएको जनाएको छ । कम्पनीले गाडीधनीहरुलाई घरबाहिर पार्क गर्न समेत आग्रह गरेको छ ।

