बाढीको चुनौती चिर्दै लक्ष्यतर्फ त्रिशूली–१, वियर गेटको सफल परीक्षण
काठमाण्डौं । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो त्रिशूली–१ ले निर्माणको अर्को महत्वपूर्ण खुड्किलो पार गरेको छ । २१६ मेगावाट क्षमताको उक्त आयोजनामा बाँधको मुख्य संरचनामध्ये एक मानिने वियर गेट सफलतापूर्वक जडान तथा परीक्षण भएपछि आयोजना अब उत्पादन तयारीको थप नजिक पुगेको छ ।

