Bizshala
  • शुक्रबार, जेष्ठ १५,२०८३ 10:53:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बाढीको चुनौती चिर्दै लक्ष्यतर्फ त्रिशूली–१, वियर गेटको सफल परीक्षण

Laxmi Sunrise Bank Limited
बाढीको चुनौती चिर्दै लक्ष्यतर्फ त्रिशूली–१, वियर गेटको सफल परीक्षण
Shivam Cement

काठमाण्डौं । प्रत्यक्ष वैदेशिक लगानीमा निर्माण भइरहेको नेपालको सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो त्रिशूली–१ ले निर्माणको अर्को महत्वपूर्ण खुड्किलो पार गरेको छ ।  

२१६ मेगावाट क्षमताको उक्त आयोजनामा बाँधको मुख्य संरचनामध्ये एक मानिने वियर गेट सफलतापूर्वक जडान तथा परीक्षण भएपछि आयोजना अब उत्पादन तयारीको थप नजिक पुगेको छ ।

Bizshala
New Office
CG Motors

आयोजनाले तीनवटा वियर गेटमध्ये पहिलो गेटको जडान र सञ्चालन परीक्षण सम्पन्न गरेको जनाएको छ ।  

जलविद्युत आयोजनाको ‘हार्ट सिस्टम’ मानिने वियर गेटले नदीको बहाव व्यवस्थापन, बाँधमा पानीको सतह नियन्त्रण, अतिरिक्त पानीको सुरक्षित निकास तथा विद्युत उत्पादनका लागि पानीलाई सुरुङतर्फ मोड्ने महत्वपूर्ण भूमिका खेल्छ ।  

त्यसैले यसको सफल परीक्षणलाई आयोजनाको प्राविधिक उपलब्धिमात्र नभई निर्माणको निर्णायक मोडका रूपमा हेरिएको छ ।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ हाकु क्षेत्रमा बाँध तथा जल संरचना निर्माण भइरहेको यो आयोजना कोरियाली लगानी र प्रविधिमा अघि बढिरहेको छ ।  

भूमिगत विद्युतगृह भने उत्तरगया गाउँपालिका–१ मा निर्माणाधीन छ ।  

प्रत्यक्ष विदेशी लगानीमा निर्माण भइरहेका जलविद्युत आयोजनामध्ये सबैभन्दा ठूलो मानिने यस आयोजनाले नेपालमा विदेशी लगानीकर्ताको विश्वासको प्रतीकका रूपमा पनि स्थान बनाएको छ ।

२०७८ पुसबाट मुख्य निर्माण कार्य शुरु भएको आयोजनाले हालसम्म उल्लेखनीय भौतिक प्रगति हासिल गरेको छ ।  

९.५ किलोमिटर लामो मुख्य सुरुङ खन्ने कार्य पूरा भइसकेको छ भने अहिले सुरुङभित्र कंक्रिट लाइनिङको काम भइरहेको छ ।  

प्राविधिक रूपमा अत्यन्त जटिल मानिएको २९२ मिटर गहिरो भर्टिकल स्याफ्ट (ठाडो सुरुङ) निर्माणसमेत सफलतापूर्वक सम्पन्न भएको छ, जसलाई आयोजनाको अर्को ठूलो उपलब्धि मानिएको छ ।

विद्युतगृहको सिभिल संरचना निर्माण सकिएपछि अहिले टर्बाइन, जेनेरेटर तथा अन्य इलेक्ट्रो–मेकानिकल उपकरण जडानको काम तीव्र गतिमा अघि बढिरहेको छ ।  

आयोजनाको समग्र भौतिक प्रगति हाल ८२ प्रतिशत पुगेको छ ।

त्रिशूली नदीमा सन् २०२४ र २०२५ मा आएको बाढीले निर्माण कार्य प्रभावित बनाए पनि आयोजनाले लक्ष्य परिवर्तन गरेको छैन ।  

Garima Development Bank
Shivam Cement
Bizshala

निर्माण कम्पनीले सन् २०२६ को अन्त्यसम्म सबै प्रमुख उपकरण जडान सम्पन्न गर्ने र सन् २०२७ को मध्यसम्म आयोजना व्यावसायिक उत्पादनमा लैजाने लक्ष्य दोहोर्याएको छ ।

करिब ६४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनाबाट वार्षिक १ अर्ब ५३ करोड युनिटभन्दा बढी विद्युत उत्पादन हुने अपेक्षा गरिएको छ ।  

अझ महत्वपूर्ण कुरा, आयोजनाले हिउँदमा समेत करिब १०४ मेगावाट ‘फर्म इनर्जी’ उपलब्ध गराउनेछ । 

नेपालमा अधिकांश जलविद्युत आयोजना वर्षायाममा बढी उत्पादन गर्ने र हिउँदमा उत्पादन घट्ने समस्याबाट ग्रस्त रहेकाले माथिल्लो त्रिशूली–१ को स्थिर ऊर्जा उत्पादन क्षमतालाई रणनीतिक महत्वका रूपमा हेरिएको छ ।

उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।  

आयोजनाले विद्युत खरिद–बिक्री सम्झौता ९पीपीए० समेत सम्पन्न गरिसकेको छ ।

ऊर्जा मन्त्रालयका सहसचिव सागरराज गौतमले वियर गेट परीक्षण सफल हुनु आयोजना निर्माणको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै सरकारले आवश्यक सहजीकरण जारी राख्ने बताएका छन् ।  

कोरियाली कम्पनी कोएनका कार्यकारी उपसभापति योङ कि लीले आयोजना निर्धारित लागत र समयमै सम्पन्न गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

नेपालका लागि कोरियाली राजदूत पार्क ताएयोङले आयोजनालाई नेपाल–कोरिया ऊर्जा सहकार्यको महत्वपूर्ण नमुनाका रूपमा चित्रण गर्दै भविष्यमा नेपाली जलविद्युत क्षेत्रमा थप कोरियाली लगानी आउने संकेत गरेका छन् ।

नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोनुङ किमले वियर गेट परीक्षणलाई आयोजनाको महत्वपूर्ण ‘माइलस्टोन’ भन्दै अब बाँकी कामलाई अझ तीव्रता दिइने बताएका छन् ।

नेपालले ऊर्जा आयातकर्ताबाट ऊर्जा निर्यातकर्तातर्फको यात्रा गरिरहेको वर्तमान अवस्थामा माथिल्लो त्रिशूली–१ केवल अर्को जलविद्युत आयोजना मात्र होइन, विदेशी लगानी, ऊर्जा सुरक्षा र निर्यातमुखी अर्थतन्त्रको सम्भावनासँग जोडिएको रणनीतिक परियोजनाका रूपमा हेरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

3 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.