भोल्स्वागेनबाट २० हजार कर्मचारी जागिर छाड्न सहमत
काठमाण्डौ । जर्मन अटो निर्माता कम्पनी भोल्स्वागेनले सन् २०३० सम्म २० हजार कर्मचारी स्वेच्छिक रुपमा काम छाड्न सहमत भएको जनाएको छ । सवारी साधनको अस्थिर मागलाई सम्बोधन गर्न पुनर्संरचना गर्ने प्रयास स्वरुप कम्पनीले ३५ हजार कर्मचारीलाई जागिरबाट हटाउन खोजेको छ ।