काठमाण्डौ । जर्मन अटो निर्माता कम्पनी भोल्स्वागेनले सन् २०३० सम्म २० हजार कर्मचारी स्वेच्छिक रुपमा काम छाड्न सहमत भएको जनाएको छ । सवारी साधनको अस्थिर मागलाई सम्बोधन गर्न पुनर्संरचना गर्ने प्रयास स्वरुप कम्पनीले ३५ हजार कर्मचारीलाई जागिरबाट हटाउन खोजेको छ ।
जसअन्तर्गत कम्पनीको मानव संशाधन सम्बन्ध विभागका प्रमुख तथा बोर्ड सदस्य गनर किलियनले गत मंगलबार वकर्स एसेम्लीमा कम्पनीको पुनर्संरचनाको योजना प्रारम्भ हुने क्रममा रहेको जानकारी दिएका थिए ।
उनले सन् २०३० सम्म काम छाड्न २० हजार कर्मचारी सहमत भएको समेत बताए ।